अस्पताल लैजाने क्रममा बाटोमै संक्रमित महिलाको मृत्यु

सन्जु पौडेल

तिलोत्तमा — बुटवलमा एक जना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ ।  ती महिलालाई स्वास्थ्यमा समस्या भई शुक्रबार गम्भीर अवस्थामै लुम्बिनी प्रादेशिक अस्पताल ल्याइएको थियो ।

अस्पताल लैजाने क्रममा बाटोमै संक्रमित महिलाको मृत्यु

गुल्मीको रेसुंगा नगरपालिका–३ की ५८ वर्षीया महिलाको पीसीआर पोजिटिभ आएपछि कोरोना विशेष अस्पतालको आईसीयूमा लैजाने क्रममा शुक्रबार साँझ साढे ६ बजे बाटोमै मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले बताए ।

मृतकमा श्वासप्रश्वासको समस्या देखिएको अस्पतालले जानकारी दिएको छ ।

प्रकाशित : कार्तिक १, २०७७ १०:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?