कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

लुम्बिनी प्रदेशमा एकैदिन ३ सय ७७ जनामा कोरोना पुष्टि, रुपन्देहीका मात्रै २ सय ६१

अमृता अनमोल

बुटवल — लुम्बिनी प्रदेशमा शुक्रबार ३ सय ७७ जना कोरोना संक्रमित थपिएका छन् । त्यसमध्ये २ सय ५६ जना पुरुष र १ सय २१ जना महिला छन् ।

लुम्बिनी प्रदेशमा एकैदिन ३ सय ७७ जनामा कोरोना पुष्टि, रुपन्देहीका मात्रै २ सय ६१

यसमध्ये रुपन्देहीमा २ सय ६१ जनामा कोरोना संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयका सूचना अधिकारी डा. पुष्पराज पौडेलले बताए । रुपन्देहीमा संक्रमितको संख्या ४ हजार ५ सय २९ पुगेको छ । उनीहरुमध्ये एक हजार ७ सय जना उपचारको क्रममा छन् ।

यस्तै प्रदेशको दाडमा ६१, बाँकेमा २२, पाल्पा र कपिलवस्तुमा १३/१३ जना र नवलपरासी पश्चिममा ७ जना संक्रमित थपिएका छन् ।

शुक्रबारसम्म लुम्बिनी प्रदेशमा कोरोना संक्रमितको संख्या १४ हजार ८ सय ६७ पुगेको छ । यो देशभरको तुलनामा १२ प्रतिशत हो ।

प्रदेशमा संक्रिय संक्रमितको संख्या ३ हजार ६ सय ४ छ । ३ सय ४४ जनामा विभिन्न लक्षण रहेको सूचना अधिकारी पौडेलले जानकारी दिए ।

प्रकाशित : आश्विन ३०, २०७७ १७:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?