२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

४ लाख घूससहित प्रहरी हवल्दार पक्राउ

अमृता अनमोल

बुटवल — पक्राउ परेका अभियुक्तलाई धरौटीमा छुटाइदिन सहयोग गर्ने भन्दै लिएको ४ लाख रुपैयाँ घूस रकमसहित इलाका प्रहरी कार्यालय बुटवलका हवल्दार र उनकी पत्नी शुक्रबार पक्राउ परेका छन् ।

४ लाख घूससहित प्रहरी हवल्दार पक्राउ

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलले सियारी गाउँपालिका–७ स्थित खनाल मिठाइ पसलबाट हवल्दार शिवचन्द्र साहनी र उनकी पत्नी निर्मला केवटलाई रंगेहात पक्राउ गरेको हो ।

पीडितले दिएको सूचनाका आधारमा साढे २ बजे उनीहरुलाई नियन्त्रणमा लिएको आयोगका सूचना अधिकृत सुरेश भुसालले बताए । उनीहरुमाथि थप अनुसन्धान भइरहेको उनले जानकारी दिए ।

प्रकाशित : आश्विन ३०, २०७७ १६:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?