२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३११

भैरहवामा उपचाररत पाल्पाका ३३ वर्षीय कोरोना संक्रमितको मृत्यु

माधव ढुंगाना

भैरहवा — पाल्पाका एक जना कोरोना संक्रमितको भैरहवामा उपचारका क्रममा मृत्युु भएको छ । तानसेन नगरपालिका-७ बर्तुङका ३३ वर्षीय पुरुषको उपचारका क्रममा शुक्रबार भैरहवास्थित युनिभर्सल शिक्षण अस्पतालमा मृत्यु भएको हो । 

भैरहवामा उपचाररत पाल्पाका ३३ वर्षीय कोरोना संक्रमितको मृत्यु

मिर्गौलामा समस्या देखिएपछि अस्पतालमा डायलिसस गराइरहेका पाल्पाका ती पुरुष मंगलबार अस्पताल भर्ना भएका थिए । पीसीआर परीक्षण गर्दा उनमा बुधबार कोरोना संक्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकृत सुशील गुरुङले बताए ।

यसैगरी केही साता अघिदेखि कोरोना सक्रमण भई अस्पतालमा उपचार गराइरहेका धनुषाको धनौजी गाउँपालिकाका ३० वर्षीय युवकको पनि उपचारका क्रममा शुक्रबार मृत्यु भएको छ । पछिल्लो पटक गरिएको पीसीआर परीक्षणमा कोरोना नेगेटिभ देखिए पनि उनमा छातीमा समस्या देखिएको सूचना अधिकृत सुशील गुरुङले जानकारी दिए । उनी भैरहवास्थित एक सिमेन्ट उद्योगमा कार्यरत कर्मचारी हुन् ।

कोभिड संक्रमण भएपछि उनी केही दिन भैरहवाको भीम अस्पतालमा उपचाररत थिए । गत असोज १४ गते थप उपचारका लागि उनलाई युनिभर्सल शिक्षण अस्पताल लगिएको थियो । गत आइतबार उनको कोभिड जाँच गर्दा नेगेटिभ आए पनि छातीको उपचारकै क्रममा मृत्यु भएको अस्पतालले जानकारी दिएको छ ।

प्रकाशित : आश्विन ३०, २०७७ १४:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?