दाङमा कुटपिटबाट युवकको मृत्यु

दुर्गालाल केसी

असोज — देउखुरीमा बिहीबार राति कुटपिटबाट युवकको मृत्यु भएपछि प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । राप्ती गाउँपालिका–३ नयाँ बस्तीका १८ वर्षीय नरेश चौधरीमाथि कुखुरा चोरेको भन्दै कुटपिट भएको हो । 

छिमेकी ६० वर्षीय खलबहादुर घर्ती र उनका २५ वर्षीय छोरा ओमप्रकाशले कुटपिट गर्दा चौधरीको मृत्यु भएको इलाका प्रहरी कार्यालय भालुवाङले जानकारी दिएको छ ।

राति कुखुरा कराएपछि घर्ती परिवारले चौधरीलाई कुखुरा चोर्न लागेको आरोप लगाएको र त्यस क्रममा विवाद हुँदा बाबुछोरा मिलेर लाठीले कुटपिट गरेको प्रहरीले जनाएको छ । गम्भीर घाइते चौधरीको अत्यधिक रक्तस्रावका कारण राति घरमै मृत्यु भएको इलाका प्रहरी कार्यालय भालुवाङका इन्चार्ज प्रहरी निरीक्षक भुवन भट्टले बताए । कुटपिट गर्ने बाबुछोरालाई पक्राउ गरी थप अनुसन्धान भइरहेको उनले जानकारी दिए ।


प्रकाशित : आश्विन ३०, २०७७ १३:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?