कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

प्यूठानमा एकैदिन ५२ जना संक्रमित 

गिरुप्रसाद भण्डारी

प्यूठान — प्यूठानमा एकैदिन ५२ जना कोरोना संक्रमित थपिएका छन् । प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवामा गरिएको पीसीआर परीक्षणमा ९ महिला र ४३ पुरुषमा कोरोना देखिएको जिल्ला स्वास्थ्य कार्यलय प्यूठानका प्रमुख विशाल सुवेदीले जानकारी दिए । 

प्यूठानमा एकैदिन ५२ जना संक्रमित 

स्वास्थ्य कार्यालयका अनुसार बिहीबार सरुमारानीका २२, ऐरावतीका १४, झिमरुकका ११ र नौबहिनीका ५ जना कोरोना संक्रमित पुष्टि भएका छन् । योसँगै जिल्लामा कोरोना संक्रमितको संख्या ६ सय ८९ पुगेको छ । हाल जिल्लाभर सक्रिय संक्रमित १ सय ३१ जना छन् । अरु निको भएर घर गएका छन् । २ जना सक्रमितको मृत्यु भएको छ ।

प्रकाशित : आश्विन २९, २०७७ २१:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?