१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

कोरोना संक्रमणबाट भैरहवामा एक पुरुषको मृत्यु

माधव ढुंगाना

भैरहवा — कोभिड–१९ को संक्रमणबाट बिहीबार दिउँसो भैरहवामा एक व्यक्तिको मृत्यु भएको छ । भीम अस्पतलमा उपचाररत रुपन्देहीको कञ्चन गाउँपालिका–१ का ५५ वर्षीय पुरुषको बिहीबार दिउँसो १ बजे मृत्यु भएको जानकारी अस्पतालका सूचना अधिकृत डा.नारायण पोखरेलले दिए ।

कोरोना संक्रमणबाट भैरहवामा एक पुरुषको मृत्यु

उनका अनुसार, ती पुरुष बुधबार राति साढे ८ बजे अस्पतालमा भर्ना भएका थिए ।

उनको गत मंगलबार पीसीआर परीक्षण भएको थियो । ती पुरुषमा उच्च रक्तचाप, मिर्गौला र मुटु सम्बन्धी रोग थियो ।

प्रकाशित : आश्विन २९, २०७७ १५:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?