२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३११

अर्घाखाँचीका ६ कांग्रेस नेतामा कोरोना संक्रमण

वीरेन्द्र केसी

अर्घाखाँची — कांग्रेस उपसभापति शान्ता भण्डारीसहित ६ जना जिल्लास्तरीय नेतालाई कोरोना संक्रमण देखिएको छ । संक्रमित हुनेमा भण्डारीसहित जिल्ला सचिव छविलाल पौडेल, सदस्य कृष्णप्रसाद खनाल, सिता भुसाल, मनिराम परियार र शीतगंगा नगरपालिका सभापति मोतीबहादुर बेल्वासे रहेका छन् । उनीहरु चार दिनदेखि होम आइसोलेसनमा छन् ।

अर्घाखाँचीका ६ कांग्रेस नेतामा कोरोना संक्रमण

साताअघि राष्ट्रिय सभा सदस्य चन्द्रबहादुर खड्का, प्रमुख जिल्ला अधिकारी विष्णु पौडेल, सप्रजिअ विक्रम थापा, प्रहरी नायब उपरीक्षक माधव बूढाथोकी, रामवाण गुल्मका गुल्मपति अशोक थापा क्षत्री, रेडक्रसका अध्यक्ष कुशल भुसाल, अर्घाखाँची अस्पतालका एक डाक्टरसहित १३ जनालाई देखिएको थियो । कांग्रेस सभापति विष्णु मुस्कानले विज्ञप्ति जारी गर्दै सबैको स्वास्थ्य लाभको कामना गरेका छन् ।

जिल्लामा सामुदायसँग घुलमिल गर्ने नै संक्रमित भएका छन् । उनीहरु केही दिनअघि शितगंगा नगरपालिका–१२ कोठिया मैदानलगायत पहिरोस्थलको निरीक्षण र राहत वितरणमा सक्रिय भएका थिए । जिल्लामा ४ सय ९१ जना संक्रमितमध्ये ३ सय ९६ जना निको भएर घर गएका छन् ।

प्रकाशित : आश्विन २७, २०७७ १६:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?