२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३००

जिल्ला प्रशासन कार्यालय दाङमा अत्यावश्यकबाहेकका सेवा ५ दिन बन्द

दुर्गालाल केसी

दाङ — एक कर्मचारीलाई कोरोना संक्रमण भएपछि जिल्ला प्रशासन कार्यालय दाङमा अत्यावश्यकबाहेकका सेवा ५ दिनका लागि बन्द गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय दाङमा अत्यावश्यकबाहेकका सेवा ५ दिन बन्द

अन्यको स्वाब संकलन गरी परीक्षणका लागि पठाइएको हुँदा आइतबारदेखि असोज ३० सम्म कार्यालय बन्द गरिएको प्रशासकीय अधिकृत अमरराज शर्माले बताए ।

शान्ति, सुरक्षा, मुद्दालगायत अत्यावश्यकीय सेवाबाहेक अन्य सेवाहरु बन्द गरिएको शर्माले आइतबार सूचनामार्फत जानकारी दिएका छन् । यसअघि पनि कर्मचारीलाई कोरोना संक्रमण हुँदा केही समय प्रशासन कार्यालय बन्द गरिएको थियो ।


प्रकाशित : आश्विन २५, २०७७ १९:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?