कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९९

भेरी अस्पताललाई पीसीआर मेसिन हस्तान्तरण

रुपा गहतराज

नेपालगन्ज — रोटरी क्लबले नेपालगन्जस्थित भेरी अस्पताललाई एक थान पीसीआर मेसिन हस्तान्तरण गरेको छ । 

रोटरी इन्टरनेसनल डिष्ट्रिक ३२९२ को सहयोगमा एक थान पीसीआर मेसिन भेरी अस्पताललाई हस्तान्तरण गरिएको रोटरी क्लब नेपालगन्जका अध्यक्ष बिनोद कर्णले बताए ।

भेरी अस्पताललाई पीसीआर मेसिन हस्तान्तरण

‘अहिले मेसिन हस्तान्तरण मात्र भएको हो’, उनले भने,‘४८ घण्टापछि मेसिनलाई टेक्निकल पर्सनले स्टल गराउनुहुन्छ ।’

कार्यक्रममा अस्पतालका मेसु प्रकाश थापा, कोभिड इन्चार्ज श्यामसुन्दर यादव, अस्पताल व्यवस्थापन समितिका अध्यक्ष प्रमोद धिताल लगायतले रोटरी क्लबले मेसिन उपलब्ध गराई नागरिक दायित्व पूरा गरेको भन्दै सो मेसिन जनताका लागि भरपुर प्रयोगमा आउने बताए । प्रदेश सरकारले यसअघि भेरीमा एक पीसीआर मेसिन जडान गरेको थियो ।

थप पीसीआर मेसिनले परीक्षण गर्ने क्षमता बढी हुने भेरी अस्पतालका मेसु डा प्रकाश थापाले बताए । ‘दैनिक हामीले ७ सय नमुनाको परिणाम निकाल्थ्यौं’, मेसु थापाले भने,‘अब एक हजार नमुनाको परिणाम निकाल्न सक्ने छौं ।’

प्रकाशित : आश्विन २५, २०७७ १६:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?