२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

कर्मचारीमा कोरोना देखिएपछि मधुवन नगरपालिका सिल 

कमल पन्थी

बर्दिया — तीन जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि मधुवन नगरपालिकाको कार्यालय एक साताका लागि सिल गरिएको छ ।

कर्मचारीमा कोरोना देखिएपछि मधुवन नगरपालिका सिल 

नगरपालिकाको क्‍वारेन्टाइन लगायत विभिन्‍न ठाउँमा शनिबार ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ओमकार साहले तीन कर्मचारीमा कोरोना संक्रमित पुष्टि भएपछि एक साताका लागि कार्यालय सिल गरिएको बताए । बजार,वित्तीय संस्था,यातायात लगायत अत्यावश्यक खुल्ला रहने बताउँदै कात्तिक २ गतेदेखि कार्यालय सञ्चालनमा आउने उनले बताए ।

जिल्लामा हालसम्म कोराना संक्रमितको संख्या ८ सय ३ पुगेको छ । कोरोना संक्रमणबाट ६ सय जना निको भएर घर फर्केका छन् । हालसम्म जिल्लमा कोरोनाबाट ५ जनाको मृत्यु भएको स्वास्थ्य कार्यालयका प्रमुख गोकर्ण गिरीले बताए । जिल्लाको विभिन्न क्वारेन्टाइनमा ५ सय ७५ जना छन् ।

प्रकाशित : आश्विन २५, २०७७ १५:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?