कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

सुस्ताको बलिनगरमा बीओपी स्थापना

नवीन पौडेल

परासी — भारतीय अतिक्रमणको चपेटामा परेको पश्चिम नवलपरासीको सुस्तामा सशस्त्र प्रहरी बोर्डर आउट पोस्ट (बीओपी) स्थापना गरिएको छ । सुस्ता गाउँपालिका–५ को बलिनगरमा सशस्त्र प्रहरी निरीक्षकको कमान्डमा पोस्ट स्थापना गरिएको हो ।

पोस्ट उद्घाटन गर्दै सशस्त्र प्रहरी बलका डीआईजी किशोर प्रधानले कार्यरत प्रहरीलाई सीमानाकाको सुरक्षा र सीमानाकामा हुने आपराधिक गतिविधि न्यूनीकरण गर्ने मुख्य उद्देश्यबाट विचलित नहुन निर्देशन दिए ।

गृह मन्त्रालयले जिल्लाका सीमानाकामा तीनवटा पोस्ट स्थापनाका लागि स्वीकृति दिएकोमा यसअघि सरावल गाउँपालिकाको भुजहवा र सुस्ताको बलिनगरमा पोस्ट स्थापना गरिएको छ । अबको केही दिनमै पाल्हिनन्दन गाउँपालिकाको गेर्मीमा बीओपी स्थापना गरिने सशस्त्र प्रहरी बल नेपाल हेडक्वार्टर २६ नं गण बेलासपुरका गणपति सशस्त्र प्रहरी उपरीक्षक महेश अधिकारीले बताए । बीओपीमा सशस्त्र प्रहरी निरीक्षकको कमान्डमा सुरक्षाकर्मी खटिनेछन् । भारतीय सीमानाकामा पर्याप्त सुरक्षा पोस्ट नहुँदा सीमानाकामा हुने आपराधिक क्रियाकलाप नियन्त्रण र दसगजाक्षेत्रको सुरक्षामा चुनौती छ । भारततर्फ भारतीय सीमा सुरक्षा बलले प्रति तीनकिलोमिटरमा स्थायी पोष्ट र आवश्यकताअनुसार अस्थायी पोस्ट राखेको छ । नेपालमा भने २८ किलोमिटर सिमानामा चारवटा पोस्ट थिए । अहिले थप भएका दुईवटासहित जिल्लामा सीमा सुरक्षाका लागि ६ वटा पोस्ट भएका छन् ।


प्रकाशित : आश्विन २५, २०७७ ११:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?