२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३११

घूससहित प्रहरी हवल्दार पक्राउ

रुपा गहतराज

नेपालगन्ज — बाँकेमा प्रहरीका हवल्दार घूससहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग नेपालगन्जको टोलीले घूससहित प्रहरी हवल्दारलाई नियन्त्रणमा लिएको हो ।

घूससहित प्रहरी हवल्दार पक्राउ

इलाका प्रहरी कार्यालय, खजुराखुर्द बाँकेमा कार्यरत हवल्दार राजेशबहादुर द्वाललाई १३ हजार घूससहित पक्राउ गरिएको अख्तियार नेपालगन्जका सूचना अधिकृत लोकमणि पाण्डेले जानकारी दिए ।

काठ स्थानान्तरणमा सहजिकरण लागि भन्दै हवल्दारले मानपुरस्थित एक कोल्डस्टोरमा बसेर घूस लिँदै गर्दा अख्तियारको टोलीले पक्राउ गरेको पाण्डेले बताए ।

प्रकाशित : आश्विन २४, २०७७ १७:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?