३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७९५

कोरोना संक्रमणबाट बाँकेमा थप एकको मृत्यु 

रुपा गहतराज

नेपालगन्ज — कोरोना संक्रमणका कारण बाँकेमा थप एक जनाको मृत्यु भएको छ । नेपालगन्जस्थित भेरी अस्पतालमा उपचारका क्रममा कोहलपुर नगरपालिका–९ पिपरीका ३८ वर्षीय पुरुषको मृत्यु भएको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बताए । उनका अनुसार शुक्रबार राति ९:३० बजे भेरी अस्पताल पुर्‍याइएका उनको राति ११ बजे मृत्यु भएको हो ।

कोरोना संक्रमणबाट बाँकेमा थप एकको मृत्यु 

ती पुरुषको स्वास्थ्यमा समस्या आएपछि असोज १२ गते नेपालगन्ज मेडिकल कलेज, शिक्षण अस्पताल कोहलपुरमा कोरोना परीक्षणका लागि नमुना दिएका थिए । त्यसको दुई दिनपछि उनको रिपोर्ट कोरोना पोजिटिभ आएको थियो ।

उनलाई तत्काल मेडिकल कलेज कोहलपुरमा भर्ना गरियो । रेमडिसिभिर, प्लाज्मा थेरापीलगायत विधिबाट उपचार गर्दा समेत उनको स्वास्थ्य अवस्थामा सुधार नआएपछि मेडिकल कलेजले शुक्रबार राति ९ बजे भेरी अस्पताल नेपालगन्जमा रिफर गरेको थियो । उनलाई फोक्सोमा निमोनिया भएको थियो ।

यो सँगै बाँकेमा कोरोना भाइरस संक्रमणबाट ज्यान गुमाउनेको संख्या २४ पुगेको छ ।

प्रकाशित : आश्विन २४, २०७७ १५:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?