२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६३

रिडी–रुद्रवेणी सडक दुई सातापछि खुल्यो

वीरेन्द्र केसी

गुल्मी — पहिरो खसेर दुई सातादेखि अवरुद्ध गुल्मीको रिडी–रुद्रवेणी सडक शनिबार बिहानबाट खुला भएको छ । रुरुक्षेत्र गाउँपालिका–१ मा सडक माथिबाट चट्टानसहित ठूलो पहिरो खसेको थियो । दुई सातासम्म लगातार डोजर, एस्काभेटरबाट पहिरो हटाएपछि गाडी चल्न थालेका रिडी प्रहरी चौकीका प्रमुख शालिकराम थापाले बताए ।

माथिबाट खसेको पहिरोले करिब दुई मिटर सडक पुरेको थियो । लगातार परेको अविरल वर्षाले ठूलो पहिरो खस्दा दुई सातासम्म सडक अवरुद्ध भएको थियो । शनिबार बिहानैबाट साना तथा ठूला गाडी सञ्चालन भएको थापाले बताए ।

सडक अवरुद्ध हुँदा रिडीदेखि वामीटक्सर हुँदै बाग्लुङको बुर्तिवाङसम्म आउजाउ गर्ने यात्रुहरुसँगै खाद्यान ढुवानी गर्नसमेत समस्या परेको उनले बताए । गुल्मी जिल्लाकै सबैभन्दा धेरै सवारी साधानहरु चल्ने रिडी–रुद्रवेणी सडक व्यस्त सडक मानिन्छ । सडक खुलेपछि दसैंमा खाद्यान ढुवानी गर्न र आउजाउ गर्न सजिलो भएको स्थानीय बताए ।

प्रकाशित : आश्विन २४, २०७७ १०:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?