लुम्बिनी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्रीलाई कोरोना संक्रमण

कान्तिपुर संवाददाता

बुटवल — लुम्बिनी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसीलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

लुम्बिनी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्रीलाई कोरोना संक्रमण

लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा गरिएको इमरजेन्सी एक्सपर्ट टेस्ट (द्रुत स्वाब परीक्षण)मा उनलाई कोरोना पोजिटिभ देखिएको स्वकीय सचिव पवन कुँवरले बताए ।

२ दिनअघि देखि रुघा लागेपछि मन्त्री केसीले बिहान पीसीआर परीक्षण गरेका थिए । बिहान ११ बजे आएको नतिजामा उनलाई कोरोना पुष्टि भएको हो ।

उनी अहिले मन्त्रालयकै निवासमा आइसोलेसनमा छन् । उनमा रुघाबाहेक कुनै समस्या नरहेको मन्त्रालयको निजी सचिवालयले जनाएको छ ।

प्रकाशित : आश्विन २३, २०७७ १४:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?