कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

धारिलो हतियार प्रहार गरी बाबुको हत्या

वीरेन्द्र केसी

अर्घाखाँची — गुल्मीको इस्मा गाउँपालिका– ४ दोहली बाँझटोलका अनिल बस्नेतले ६० वर्षीय बाबु दिलबहादुर बस्नेतको धारिलो हतियारले आक्रमण गरी हत्या गरेका छन् ।

आइतबार साँझ ७ बजेतिर मदिराले मातेर २५ वर्षीय अनिलले बाबुसँग झगडा भएपछि उनले घरेलु हतियारले आक्रमण गरेका थिए । दिलबहादुरको मुख र टाउकोमा चोट लागेर बेहोस भएपछि छिमेकीले उद्धारका लागि पाल्पा अस्पताल पुऱ्याएको र थप उपचारका लागि बुटवल लैजाँदै गर्दा राति नै बाटोमा मृत्यु भएको गुल्मी प्रहरी नायब उपरीक्षक केदारराज पन्तले बताए ।

आक्रमणपछि बाबु भुइँमा ढलेपछि अनिल भागेका थिए । फरार अनिलको खोजीकार्य भइरहेको र घटनाको अनुसन्धान भइरहेको पन्तले बताए ।

प्रकाशित : आश्विन १९, २०७७ ०८:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?