देउखुरीलाई प्रदेश राजधानी बनाउने प्रस्तावविरुद्ध कपिलवस्तुमा रिले अनशन

मनोज पौडेल

कपिलवस्तु — प्रदेश ५ को राजधानी दाङको देउखुरीमा राख्‍ने प्रस्ताव प्रदेश सभामा दर्ता भएपछि त्यसको विरोध गर्दै कपिलवस्तुको सदरमुकाम तौलिहवामा रिले अनशन थालिएको छ ।

देउखुरीलाई प्रदेश राजधानी बनाउने प्रस्तावविरुद्ध कपिलवस्तुमा रिले अनशन

कपिलवस्तु बासीका नाममा नागरिक अगुवा, जनप्रतिनिधि र अधिकारकर्मीहरु शनिबार ४ बजेबाट रिले अनशन बसेका छन् । प्रशासन कार्यालय अघि सुरक्षाकर्मीको बाक्लो उपस्थितीमा अनसन थालिएको छ । शनिबार कपिलवस्तु-१का अध्यक्ष सुदिप पौडेल, स्थानीयहरु उफअहमद खा, बृजेश भटरा, अशोक गुप्ता र सन्तोष कसौधन अनशन बसेका हुन् ।

उनीहरुले प्राचीन शाक्यवंशीय राजधानी कपिलवस्तुलाई ५ नम्बर प्रदेशको राजधानी बनाउन माग गर्दै आन्दोलन थालेका हुन् । पहिलो दिन ५ जना अनशन बसेका छन् । उनीहरुले माग पूरा नहुञ्जेल अनशन जारी रहने बताएका छन् । आन्दोलनमा ऐक्यबद्धता गर्दै हस्ताक्षर अभियान पनि चलाइएको छ ।

प्रकाशित : आश्विन १७, २०७७ १७:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?