२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५९

प्रस्तावित प्रदेश राजधानी क्षेत्रमा जग्गा किनबेचमा रोक

दुर्गालाल केसी

दाङ — प्रदेश ५ को प्रस्तावित स्थायी राजधानी क्षेत्रमा जग्गा किनबेचमा रोक लगाइएको छ । प्रदेश राजधानी प्रस्ताव गरिएका दाङका दुई र अर्घाखाँचीको एक पालिकामा प्रदेश सरकारले जग्गा किनबेच गर्न रोक लगाएको छ ।

प्रस्तावित प्रदेश राजधानी क्षेत्रमा जग्गा किनबेचमा रोक

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले शुक्रबार नै मालपोत कार्यालय दाङ, लमही र अर्घाखाँचीलाई पत्राचार गरी अर्को आदेश नभएसम्म जग्गा किनबेच र कित्ताकाटमा रोक लगाएको जानकारी गराएको छ ।

राप्ती गाउँपालिकाको पूरै, गढवा गाउँपालिकाको वडा नम्बर १, २, ३ र अर्घाखाँची जिल्लाको शीतगंगा नगरपालिकाको वडा नम्बर ८ र ९ मा जग्गा किनबेच र कित्ताकाटमा रोक लगाइएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको बैठक तथा प्रशासन महाशाखाका सचिव भरतमणि सुवेदीले जानकारी दिएका छन् ।

प्रदेश राजधानीका लागि जग्गा अभाव हुन नदिन र जग्गा किनबेचमा अनावश्यक चलखेल रोक्न यस्तो निर्णय गरिएको बताइएको छ ।

प्रकाशित : आश्विन १७, २०७७ ०९:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?