प्रदेश ५ सरकारले कोरोना नियन्त्रणलाई छुट्ट्यायो थप १० करोड

अमृता अनमोल

बुटवल — कोरोना भाइरस नियन्त्रण तथा उपचार कोषमा प्रदेश ५ सरकारले थप १० करोड रुपैयाँ निकासा गर्ने भएको छ । प्रदेश सरकारको शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले कोरोना रोकथाम र उपचारका लागि आवश्यक परेको भन्दै थप रकम निकासा दिने निर्णय गरेको हो ।

प्रदेश ५ सरकारले कोरोना नियन्त्रणलाई छुट्ट्यायो थप १० करोड

प्रदेश सरकारले चैत पहिलो साता १० करोड रुपैयाँ राखेर कोष स्थापना गरेको थियो । कोष सञ्चालन गर्न सामाजिक विकासमन्त्री सुदर्शन बरालको अध्यक्षतामा ५ सदस्यीय समिति छ । कोषमा प्रदेशका कर्मचारी, प्रदेशसभा सदस्य र विभिन्न संघ संस्थाले रकम जम्मा गरेका छन् । सामाजिक विकासमन्त्री बरालका अनुसार उक्त कोषमा अहिलेसम्म करिब २३ करोड जम्मा भएको छ । त्यसमध्ये २० करोड रुपैयाँ कोरोना विशेष अस्पतालमा खर्च गरिएको उनले बताए । प्रदेशमा चारवटा कोरोना विशेष अस्पताल छन् ।

मन्त्रिपरिषद् बैठकले प्रदेश प्रशिक्षण प्रतिष्ठानको कार्यकारी निर्देशकमा बर्दिया, गुलरियाका मोतीप्रसाद शर्मालाई नियुक्त गर्ने निर्णयसमेत गरेको छ । यस्तै उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय र भौतिक पूर्वाधार विकास मन्त्रालयमा अस्थायी दरबन्दी स्वीकृत गर्ने र गत वर्षदेखि नै कामकाज गर्दै आइरहेकाहरूको यस वर्ष पनि दरबन्दी स्वीकृत गरिएको मुख्यमन्त्रीका प्रेस सल्लाहकार शेरबहादुर केसीले बताए ।

प्रकाशित : आश्विन १६, २०७७ १२:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?