१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

कपिलवस्तुको सीमा क्षेत्रबाट आधा किलो सुनसहित २ जना पक्राउ 

मनोज पौडेल

कपिलवस्तु — प्रहरीले मायादेवी गाउँपालिका–७, बनकसिहाबाट आधा किलो सुन बरामद गरेको छ । दोहनी–बनकसिहा–चाकलचौडा सडक खण्ड हुँदै भारततिर लैजाने क्रममा सीमा नजिकैबाट ५ सय ग्राम सुनसहित दुई जनालाई बिहीबार राति साढे ९ बजेतिर पक्राउ गरेको प्रहरीले जनाएको छ । 

कपिलवस्तुको सीमा क्षेत्रबाट आधा किलो सुनसहित २ जना पक्राउ 

प्रहरीले ३४ वर्षीय पवन गुप्ता र उनकी बहिनी १५ वर्षीया महिमा गुप्तालाई पक्राउ गरेको हो । लु५६प ६३१० नम्बरको मोटरसाइकलमा सीमातर्फ जाँदै गर्दा उनीहरुबाट सुन बरामद गरिएको हो । उनीहरु पक्राउ परेको ठाउँदेखि सीमाको भारतीय बजार चाकलचौडा ४ किलोमिटर पर छ । ब

रामद गरिएको सुनको मूल्य करिब ४० लाख ५१ हजार रहेको छ । थप अनुसन्धानका लागि राजस्व अनुसन्धान कार्यालय बुटवललाई सुनसहित दुवैलाई जिम्मा लगाइएको जिल्ला प्रहरी प्रमुख एसपी नवराज अधिकारीले बताए ।

प्रकाशित : आश्विन १६, २०७७ ०९:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?