कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०३

साढे ७ किलो अफिमसहित २ जना पक्राउ

मनोज पौडेल

कपिलवस्तु — कृष्णनगर नगरपालिका २, पिपलबोटबाट मंगलबार राति १० बजे ७ किलो ५ सय ग्राम लागुऔषध अफिमसहित दुई जना पक्राउ परेका छन् ।

साढे ७ किलो अफिमसहित २ जना पक्राउ

चन्द्रौटाबाट कृष्णनगरतर्फ आउँदै गरेको लु १ ह १५७ नम्बरको टेम्पोमा सवार रोल्पा कुरेली गाउँपालिका–१ बस्ने सीता रोकालाई शंका लागि चेक गर्दा अफिम बरामद भएको जिल्ला प्रहरी प्रमुख एसपी नवराज अधिकारीले बताए ।

उनले बोकेको दुई झोलामा प्लास्टिकको पोकापोका बनाएर अफिम राखिएको थियो । प्रहरीको आकस्मिक चेकिङमा अफिम बरामद गरिएको हो । अटो चालक कपिलवस्तु शिवराज नगरपालिका ५ बस्ने सुशील क्षेत्रीलाई पनि पक्राउ गरेर अनुसन्धान थालिएको छ ।

पक्राउ परेको ठाउँदेखि सीमा क्षेत्र ७ सय मिटरमा पर्छ । यसअघि उक्त ठाउँमै असोज ७ गते ३७ केजी अवैध लागुऔषध चरेससहित दुई महिला पक्राउ परेका थिए ।

प्रकाशित : आश्विन १४, २०७७ ०८:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?