बर्दियामा कोरोना संक्रमित प्रहरीको संख्या ४५ पुग्यो

कान्तिपुर संवाददाता

बर्दिया — भेरी अस्पताल नेपालगन्जमा गरिएको पीसीआर परीक्षणमा मंगलबार थप ३ प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्लामा हालसम्म ४५ जना कोरोना संक्रमितमध्ये ८ जना प्रहरी निको भई घर फर्किसकेको प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारीले बताए ।

बर्दियामा कोरोना संक्रमित प्रहरीको संख्या ४५ पुग्यो

विगतमा प्रहरीले गुलरियालगायत ठाउँमा परिचालन भए पनि अहिले सशस्त्र प्रहरी परिचालित छन् । जिल्लामा कुल ६ सय ७४ जना कोरोना संक्रमित भएका छन् । तीमध्ये ४ सय ७८ जना निको भई घर फर्किसकेको प्रजिअ अधिकारीले बताए ।

जिल्लामा लक्षणसहितको कोरोना संक्रमण देखिएपछि बजार बिहान १० देखि ५ बजेसम्म मात्र खुला गर्न दिइएको छ । यसअघि बिहान ८ देखि ६ बजे खुल्ला र शनिबार बजार बन्द हुने गरेको थियो ।

प्रकाशित : आश्विन १३, २०७७ १७:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?