३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२७

बाँकेबाट एकैदिन ४४ जना डिस्चार्ज

रुपा गहतराज

नेपालगन्ज — बाँकेमा मंगलबार ४४ जना कोरोना निको भएपछि डिस्चार्ज भएका छन् । जिल्ला स्वास्थ्य कार्यालय, बाँकेका अधिकृत एवं कोरोनाका फोकल पर्सन नरेश श्रेष्ठले विभिन्न आइसोलेसनमा बसेका प्रहरीसहित २९ पुरुष, १५ महिलासहित ४४ जना डिस्चार्ज भएको बताए । जसमा नेपालगन्ज र कोहलपुरका धेरै छन् ।

कोरोनाका फोकल पर्सन श्रेष्ठका अनुसार, १४ दिन आइसोलेसनमा बसेका उनीहरुलाई डिस्चार्ज गरिएको हो । यो सँगै जिल्लामा १ हजार ५ सय ७ जना डिस्चार्ज भएका छन् । मंगलबारसम्म आइसोलेसनमा ३ सय ५१ जना छन् ।

जिल्लामा कोरोनाबाट १५ जनाको मृत्यु भइसकेको छ । जसमा बाहिर जिल्लाका ५ जना छन् । जिल्लामा कोरोना संक्रमितको संख्या १ हजार ८ सय ७३ पुगेको छ ।

प्रकाशित : आश्विन १३, २०७७ १७:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?