कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७६

जथाभावी शाखा सडक खन्दा मूल सडकलाई क्षति

गिरुप्रसाद भण्डारी

प्यूठान — भालुबाङ–प्यूठान सडकलाई असर पर्नेगरी शाखा सडक र किनारमा जथाभावी घर,घडेरी निर्माण गर्नाले मूल सडकलाई धेरै क्षति पुगेको छ । सडक पहिरोको उच्च जोखिममा छ ।

जथाभावी शाखा सडक खन्दा मूल सडकलाई क्षति

यसरी बिग्रेको सडक समयमा मर्मत नहुँदा यात्रुले सास्ती बेहोर्नु परेको छ । पानी पर्नेबित्तिकै पहिरो चलेर दिनहुँ अवरुद्ध हुने गरेको छ ।

स्थानीय तहहरुले शाखा सडक निर्माण गर्दा सडक डिभिजन कार्यालयलाई जानकारी नै नगराई सडक खन्ने गरेको सडक डिभिजन कार्यालय प्यूठानको भनाइ छ । यसरी जथाभावी सडक खन्दा राजमार्गलाई धेरै क्षति पुगेको संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालय प्यूठानका प्रमुख विनोदप्रसाद सापकोटाले बताए । गहनाखोला–चकचके, रोल्पा लिबाङ–दारबोट र चकचके–खलंगामा विभिन्न स्थानीय तहमार्फत पूर्व स्वीकृतिबिना सडक बनाएकाले मूल सडकमा धेरै क्षति पुगेको सापकोटा बताउँछन् ।

‘मूल सडकको माथि र तलबाट जथाभावी शाखा सडक विस्तार र घडेरी खारेका कारण यस पटक पहिले पहिरो नजाने ठाउँहरुमा समेत पहिरो गएका छन्,’ उनले भने, ‘पहिरो हटाउन धेरै समस्या भइरहेको छ ।’ साउनको पहिलो साता नै स्वीकृतिबिना सडक किनारमा कुनै पनि काम नगर्न परिपत्र गरेको सापकोटाले बताए । ‘सडकमा भएको क्षति सम्बन्धित स्थानीय, व्यक्तिले बेहोर्नुपर्छ भनेर पत्र काटेका छौं,’ सापकोटाले भने, ‘र,पनि टेरेका छैनन् ।

बड्डाँडादेखि थक्लेनी क्षेत्रमा सडकमाथिबाट प्यूठानको सरुमारानी गाउँपालिकाले शाखा सडक खनेको छ । यसले दर्जनौं स्थानमा पहिरो आएका छन् । सिमलचौर, चेरनेटा, थक्लेनीलगायतका ठाउँमा भित्तातर्फको जमिन डोजरले खारेर घडेरी बनाउँदा सडक नराम्रोसँग बिग्रेको छ । पहिले सवा घण्टामा बिजुवारबाट गाडीमा भालुबाङ पुगिने गरेकोमा हिजोआज सडक बिग्रेका कारण २ घण्टाभन्दा बढी समय लाग्ने गरेको स्वर्गद्वारी यातायात व्यवसायी समिति प्यूठानका पूर्व अध्यक्ष सुनील शाहीले बताए ।

‘सडक किनारमा जग्गा भएकाहरुले ढुंगा निकालेर ढुंगाको व्यापार समेत गर्न थालेका छन्,’ उनले भने, ‘सहायक राजमार्गमा यस्तो गर्न नपाइने हो । सरोकारवाला निकायले रोक्न ठोस योजना बनाउन सकेनन् ।’

प्रकाशित : आश्विन १३, २०७७ १३:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?