२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

पाल्पामा गोठ भत्किँदा एकको मृत्यु

माधव अर्याल

पाल्पा — पाल्पाको रिब्दीकोट गाउँपालिका–७ डबकामा गोठ भत्किएर च्यापिँदा एक जनाको मृत्यु भएको छ । गोठ मर्मतका क्रममा च्यापिएर ५५ वर्षीय हरि लम्तरीको मृत्यु भएको इलाका प्रहरी कार्यालय मुझुङले जनाएको छ ।

पाल्पामा गोठ भत्किँदा एकको मृत्यु

स्थानीय पुतली विकको एकतले टिनको घर मर्मका क्रममा लम्तरीको च्यापिएर मृत्यु भएको हो । उनीसँगै च्यापिएर रिब्दीकोट–८, फेकका ४८ वर्षीय अमर पेग्मी घाइते भएका छन् । तानसेनस्थित युनाइटेड मिसन अस्पताल उपचार भइरहेको प्रहरीले जनाएको छ । गोठमा रहेका एउटा भैंसीसहित दुई पाडी र दुई बाख्रा च्यापिएर मरेका छन् ।

प्रकाशित : आश्विन १२, २०७७ १७:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई के गर्नुपर्छ ?