कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९९

रुपन्देहीमा करेन्ट लागेर एक जनाको मृत्यु

कान्तिपुर संवाददाता

रुपन्देही — रुपन्देहीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । शुद्धोधन गाउँपालिका–४, मा निर्माणाधीन राधा आचार्यको घरमा प्लास्टर गर्ने क्रममा दोगानाका ४० वर्षीय तारासिंह थारुको करेन्ट आइतबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

प्लास्टर गर्ने क्रममा नांगो तारमा उनले छोएका थिए ।

करेन्ट लागेर घाइते भएका उनको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रकाशित : आश्विन १२, २०७७ १३:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?