कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

प्रदेश ५ का १६ सय ९४ कोरोना संक्रमित घरमै

अमृता अनमोल

बुटवल — प्रदेश ५ का १६ सय ९४ कोरोना संक्रमित 'होम आइसोलेसन' मा रहेका प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार प्रदेशभर २३ सय ४१ सक्रिय संक्रमित छन् । 

प्रदेश ५ का १६ सय ९४ कोरोना संक्रमित घरमै

स्थानीय तहले आइसोलेसन केन्द्र व्यवस्थापन नगर्दा घरमा सुविधा नहुने पनि घरकै आइसोलेसनमा बस्न बाध्य छन् । सामाजिक विकास मन्त्रालयका सूचना अधिकारी डा. पुष्पराज पौडेलले भने लक्षण नभएका र स्वास्थ्य अवस्था कमजोर नहुने मात्र घरमा भएको दाबी गरे ।

प्रदेशमा आइतबारसम्म लक्षणसहितका २ सय ३० बिरामी छन् । यसमध्ये १ सय ५३ जना विभिन्न अस्पतालको सामान्य आइसोलेसनमा छन् । ४५ जना आईसीयु र ५ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

आइतबार प्रदेशमा थप ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमा कपिलवस्तु, बाँके र गुल्मीका १०, १० जना छन् । प्रदेशमा कोरोना संक्रमण हुनेको संख्या १० हजार ३ सय ३३ पुगेको छ ।

पछिल्लो २४ घन्टामा ९३ जना कोरोना मुक्त भएका छन् । यससँगै प्रदेशमा कोरोना संक्रमणबाट निको हुनेको संख्या ७ हजार ८ सय ८० पुगेको छ । मन्त्रालयका अनुसार प्रदेशमा कोरोनाका कारण अहिलेसम्म ६६ जनाले ज्यान गुमाएको छ ।

प्रकाशित : आश्विन ११, २०७७ १८:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?