३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

४२ घन्टापछि सिद्धार्थ राजमार्ग एकतर्फी सञ्‍चालनमा

माधव अर्याल

पाल्पा — सिद्धार्थ राजमार्ग ४२ घन्टापछि एकतर्फी खुलेको छ । राजमार्गको पाल्पा–बुटवल खण्डअन्तर्गत पाल्पाको तिनाउँ गाउँपालिकाका दर्जन बढी स्थानमा पहिरो खसेर शुक्रबार बेलुकीदेखि अवरुद्ध भएको थियो । आइतबार सडक खुलेपछि रोकिएका सवारी साधन गन्तव्यतर्फ लागेका छन् ।

४२ घन्टापछि सिद्धार्थ राजमार्ग एकतर्फी सञ्‍चालनमा

राजमार्गका चिडियाखोला, कदमबास, सिद्धबाबा, हेडबक्स, पैठेडाँडा, भूतखोला, सिसुवा, झुम्सा, अर्घाछाप, पानीमिललगायत स्थानमा ढुंगा र लेदो माटोसहित ठूल्ठूला पहिरो खसेपछि सडक अवरुद्ध भएको थियो ।

सडक डिभिजनले डोजर, एक्स्काभेटर, ब्रेकर लगाएर सडकमा खसेका पहिरो पन्छाएको हो । झुम्सादेखि बुटवलसम्मको क्षेत्रमा शनिबार बेलुकी अबेरसम्म पहिरो हटाइएको थियो भने सिसुवा, पानीमिल लगायतका स्थानमा आइतबार अपरान्हमात्र सकिएको सडक डिभिजनका सूचना अधिकृत शिवु खत्रीले बताए ।

पहिरो खसेपछि पहाडी क्षेत्रमा आउने सवारी साधन बुटवलतर्फ रोकिएका थिए भने पहाडबाट तराई झरेका सवारी साधनलाई केराबारी, चर्चरे, जोरधारामा रोकिएका थिए । गुल्मीतर्फबाट आउने सवारी साधन भने हार्थोक, अर्गली लगायतका स्थानमा रोकिएका थिए ।

प्रकाशित : आश्विन ११, २०७७ १७:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?