कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७७

तालाबन्दीले लुम्बिनी सांस्कृतिक नगरपालिकामा काम ठप्प

सन्जु पौडेल

तिलोत्तमा — दलहरूले तालाबन्दी गर्दा रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिकाको कार्यालयमा ६ दिनदेखि काम ठप्प छ । जनता समाजवादी पार्टी, नेपाल कम्युनिस्ट पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनमत पार्टी र मार्क्सवादी पार्टीले संयुक्त रूपमा तालाबन्दी गरेका हुन् ।

तालाबन्दीले लुम्बिनी सांस्कृतिक नगरपालिकामा काम ठप्प

नगरपालिकाले आफूहरूले उठाएका दुईवटा माग पूरा नगरेकाले ताला लगाइएको जनता समाजवादी पार्टी प्रदेश समिति सदस्य इनामुल्लाह फकिरले बताए । उनीहरूले भदौ २९ गते नगरपालिकामा आफ्ना मागसहित ज्ञापनपत्र बुझाएका थिए । पत्रमा नगरभित्रका सामुदायिक विद्यालय व्यवस्थापन समितिको अध्यक्ष अभिभावक भेलाबाट नभई वडाध्यक्षलाई चुनिने निर्णय खारेज गर्न र छाडाचौपाया नियन्त्रण तथा तस्करी रोक्न नगरपालिकाले भूमिका खेल्नुपर्ने माग गरिएको फकिरको भनाइ छ ।

तालाबन्दीका कारण नगरपालिकामा कुनै काम हुन नसकेको उपप्रमुख जानकीदेवी श्रीवास्तवले बताइन् । ‘राजनीतिक दलले उठाएका विषयमा बैठक भइरहे पनि निष्कर्ष निस्कन सकेको छैन,’ उनले भनिन्, ‘कार्यालय नखुल्दा सेवाग्राही मर्कामा छन्, नगरपालिकामा गर्नुपर्ने काम रोकिएको छ ।’


प्रकाशित : आश्विन ११, २०७७ ०९:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?