बाँकेमा थप ५० जना कोरोना संक्रमित डिस्चार्ज

रुपा गहतराज

नेपालगन्ज — बाँकेका विभिन्न आइसोलेसनबाट थप  ५० जना कोरोना सक्रमित  डिस्चार्ज भएका छन् ।

बाँकेमा थप ५० जना कोरोना संक्रमित डिस्चार्ज

डिस्चार्ज हुनेमा भूमिसुधार तथा मालपोत कार्यालयका लेखा अधिकृतसहित १५ जना कर्मचारी, जिल्ला प्रहरी कार्यालयका एक जना जुनियर अधिकृतसहित २३ महिला र २७ पुरुष गरी ५० जना रहेका छन् ।

जिल्ला स्वास्थ्य कार्यालय, बाँकेका अधिकृत एवं कोरोना फोकल पर्सन नरेश श्रेष्ठका अनुसार १४ दिन आइसोलेसनमा बसेर उनीहरुलाई डिस्चार्ज गरिएको हो । उनीहरुलाई भदौ २७ गते कोरोना संक्रमण देखिएपछि विभिन्न आइसोलेसनमा राखिएको थियो । योसँगै बाँकेमा कोरोना संक्रमणबाट निको हुनेको संख्या १ हजार ४ सय ११ पुगेको छ ।

फोकल पर्सन श्रेष्ठका अनुसार विभिन्न आइसोलेसन केन्द्रमा अन्य जिल्लाका ७ जना समेत गरी ३ सय ५८ जना संक्रमित उपचाररत छन् । बाँकेमा हालसम्म कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या १ हजार ७ सय ७४ रहेको छ भने १२ जनाको कोरोनाका कारण मृत्यु भएको छ ।

प्रकाशित : आश्विन १०, २०७७ १४:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?