कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७७

तिनाउले बगाउँदा एक महिलाको मृत्यु

७ गतेदेखि हराइरहेका तिलोत्तमाका एक युवकको शव तपाहा नहरमा फेला
सन्जु पौडेल

तिलोत्तमा — तिनाउ नदीमा आएको बाढीले बगाउँदा रुपन्देहीको बुटवलमा एक महिलाको ज्यान गएको छ ।

तिनाउले बगाउँदा एक महिलाको मृत्यु

इलाका प्रहरी कार्यालय बुटवलका डीएसपी प्रतीतसिंह राठौरले दिएको जानकारीअनुसार शुक्रबार राति ९ बजे घरबाट हिँडेकी बुटवल उपमहानगरपालिका–१२ दुर्गानगरकी ४० वर्षीया विष्णु राईको शनिवार बिहान साढे सात बजे बुटवल १५, चंकीपुरमा दानव नदीमा शव फेला परेको हो ।

त्यस्तै गत असोज ७ गतेदेखि हराएका तिलोत्तमा–२ का २९ वर्षीय राजेन्द्र पौडेलको तिलोत्तमा २ स्थित तपाहा नहरमा शव फेला परेको डीएसपी राठौरले बताए । मोटरसाइकलबाट खसेर पानीमा डुबेको अवस्थामा हेल्मेटसहित शव भेटिएको उनले जनाए ।

प्रकाशित : आश्विन १०, २०७७ १३:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?