१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

पासोमा मृत बाघ फेला

बर्दिया — बर्दिया राष्ट्रिय निकुञ्ज मुख्यालय ठाकुरद्वारानजिक पासोमा पारेर दुर्लभ पाटेबाघ मारेको पाइएको छ । निकुञ्जभित्रको ठाकुरबाबा–७ पकुवा गाउँमा चोरी सिकारीले बाघलाई पासो थापेर मारेका हुन् । कुहिएको अवस्थामा उक्त बाघ लम्कोइली फाँटामा फेला परेको हो ।

मारिएको पोथी बाघ करिब ५ वर्षको भएको अनुमान गरिएको छ । चोरी सिकारीले बँदेल, चित्तल मार्ने उद्देश्यले पासो थापेको हुन सक्ने र त्यसैमा परेर बाघ मरेको निकुञ्जका प्रमुख संरक्षण अधिकृत विष्णु श्रेष्ठले बताए । महिनौं दिनसम्म पासोमा परेको बाघबारे थाहा नपाउनु सुरक्षा गस्ती फितलो भएको स्थानीय संरक्षणकर्मीले गुनासो गरेका छन् ।

प्रकाशित : आश्विन ९, २०७७ १९:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?