१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

प्रदेश ५ मा काेराेना संक्रमितको संख्या १० हजार नाघ्यो

शुक्रबार ६० थपिए, १ सय ५८ डिस्चार्ज
अमृता अनमोल

बुटवल — प्रदेश ५ मा शुक्रबारसम्म कोरोना संक्रमितको संख्या १० हजार नाघेको छ । प्रदेशको सामाजिक विकास मन्त्रालयका अनुसार प्रदेशमा कोरोना संक्रमितको संख्या १० हजार २७ जना पुगेको छ ।

प्रदेश ५ मा काेराेना संक्रमितको संख्या १० हजार नाघ्यो

शुक्रबार थप ६० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । जसमा रुपन्देहीका १९ जना, बाँकेका १२, प्युठानका ११ जना, दाङका ७ जना, कपिलवस्तुका ५ जना, बर्दियाका ३ जना, गुल्मीका २ जना र नवलपरासी पश्चिमका एक जना हुन् ।

पछिल्लो २४ घण्टामा १ सय ५८ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । संक्रमितमध्ये २ हजार २ सय ३६ जना उपचारका क्रममा छन् । अहिलेसम्म ७ हजार ६ सय ६५ संक्रमित नीको भएका छन् । प्रदेशमा कोरोना संक्रमणका कारण अहिलेसम्म ६५ जनाले ज्यान गुमाएका छन् ।

प्रकाशित : आश्विन ९, २०७७ १७:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?