कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२१

कपिलवस्तुमा तीन दिनदेखि हराइरहेकाको शव फेला

मनोज पौडेल

कपिलवस्तु — ३ दिनअघि बाढीले गाडी बगाउँदा बेपत्ता रहेका विद्युत प्राधिकरणको जीतपुर फ्यूज सेवा कार्यालय प्रमुख कृष्णप्रसाद पौडेलको शव शुक्रबार दिउँसो फेला परेको छ । उनको शव कपिलवस्तु नगरपालिका–६, सगरहवास्थित वाणगंगा खोला छेउ भेटिएको जिल्ला प्रहरी प्रमुख उपरीक्षक नवराज अधिकारीले बताए । उनको शव २ दिन खोजी गर्दा पनि भेटिएको थिएन् । उनी वाणगंगा नगरपालिका–४ का बासिन्दा हुन् ।

वाणगंगा नगरपालिकास्थित भलवार्ड नजिक कोईली खोलाको कजवेमा बुधबार दिउँसो बाढीले प्राधिकरणको जीतपुर फ्यूज सेवा कार्यालयको बा १ ञ १०८९ नम्बरको पजेरो बगाउँदा उनीसहित ३ जना बेपत्ता भएका थिए । बुधबारै साँझ कार्यालयका हेल्पर तथा चालक माधवप्रसाद पाण्डेको शव फेला परेको थियो । बिहीबार दिउँसो घटनास्थलदेखि ५ किमी दक्षिण भगलापुर नजिक वाणगंगा खोला किनारमा केशवप्रसाद भाटको शव फेला परेको हो । अर्घाखाँचीको शितगंगा नगरपालिकाका हुन् । उनी नदी तर्न गाडीमा चढेका थिए ।

भलवार्डबाट विद्युत मर्मतसम्भार गरेर कार्यालय फर्कने क्रममा बुधबार दिउँसो गाडी बाढीले बगाएको थियो । गाडीसहित बगेका ३ जना भने सकुशल बाँच्न सफल भएका थिए । सेना र सशस्त्रका गोताखोरले हराएका शवको ३ दिनदेखि खोजी गरिरहेको थियो । दुई वटा डुंगा खोजतलासका लागि परिचालित थिए ।

प्रकाशित : आश्विन ९, २०७७ १६:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?