बारबर्दियामा पाँच दिन निषेधाज्ञा- प्रदेश ५ - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बारबर्दियामा पाँच दिन निषेधाज्ञा

कमल पन्थी

बर्दिया — स्थानीय प्रशासनले कोरोना संक्रमण जोखिम नियन्त्रण गर्न बारबर्दिया नगरपालिकामा पाँच दिन निषेधाज्ञा जारी गरेको छ । प्रमुख जिल्ला अधिकारी लीलाधर अधिकारीको अध्यक्षतामा बसेको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रको बैठकले असोज १० गते बिहानदेखि १४ गते मध्यरातिसम्म लागू हुने गरी निषेधाज्ञा जारी गरेको हो ।

गत बुधबार ३ नम्बरका वडाध्यक्षको कोरोना संक्रमणबाट मृत्यु भएको थियो । पछिल्लो पटक लक्षणसहितका संक्रमित थपिन थालेपछि संक्रमण नियन्त्रण गर्न नगरपालिकामा निषेधाज्ञा जारी गरिएको प्रजिअ अधिकारीले बताए । निषेधाज्ञा अवधिभर आवश्यक कामबाहेक हिँडडुलमा समेत रोक लगाइएको छ । वित्तीय संस्था, बजार, उद्योग, कारखानालगायत बन्द हुनेछन् । दमकल, एम्बुलेन्स, विद्युत्, खानेपानी, एटीएमलगायत अत्यावश्यक सरकारी कार्यालय, औषधि, खाद्यान्न पसल सञ्चालनमा आउने प्रजिअ अधिकारीले बताए । सुरक्षा निकायका, एम्बुलेन्सलगायत सवारी साधनबाहेक अन्य सञ्चालनमा रोक लगाइएको छ ।

प्रकाशित : आश्विन ९, २०७७ १२:१०
प्रतिक्रिया
पठाउनुहोस्

सुस्ताका सय घर डुबानमा

नारायण शर्मा

नवलपरासी पूर्व — नवलपरासी पूर्वको सुस्तामा एक सय घर डुबानमा परेका छन् । तीन दिनदेखि परेको पानीले निकास नपाउँदा सुस्ताको थारु टोलाका एक सय घर डुबानमा परेका हुन् ।

सुस्ता बचाउ अभियानका प्रवक्ता रवीन्द्र जयसवालले दिएको जानकारीअनुसार थारु टोलामा नारायणी नदीको बाढी पसेको हो ।

बाढीले सशस्त्र प्रहरीको सीमा सुरक्षा बल र सुस्ता प्रहरी चौकीको केही भाग पनि डुबेको जयसवालले जानकारी दिए ।

थारु टोलाका अधिकांश घरमा ३ फिटसम्म पानी जमेको छ भने घरमा राखिएको अन्नपात भिजेको छ । शुक्रबार बिहानदेखि वर्षा रोकिएकाले पानीको सतह भने केही घट्दै गएको छ ।

नेपाली भूभाग हुँदै सुस्तामा पुग्न नारायणी नदीमा डुंगा तरेर जानपर्ने बाध्यता छ । नारायणीमा पानीको बहाव ४ लाख क्यूसेक प्रतिसेकेन्डभन्दा बढी भएकाले डुंगामा यात्रा गर्नु जोखिमपूर्ण छ । त्रिवेणीस्थित गण्डक (ब्यारेज) पुल हुँदै जान भारतीय सुरक्षाकर्मीले अवरोध गर्ने र लामो बाटो पनि पर्दछ ।

प्रकाशित : आश्विन ९, २०७७ ११:५८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×