१४.०६°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

तिनाउमा खसेका एक पुरुषको उद्धार

सन्जु पौडेल

तिलोत्तमा — रुपन्देहीको तिलोत्तमा नगरपालिका-६, गोरकट्टास्थित निर्माणाधीन पुलबाट तिनाउ खोलामा खसेका एक पुरुषको प्रहरीले उद्धार गरेको छ ।

इलाका प्रहरी कार्यालय मंगलापुर र इलाका प्रहरी कार्यालय बुटवलको टोलीले शुक्रबार बिहान बेहोस अवस्थामा उद्धार गरेको हो ।

उनी बिहीबार राति साइकलमा हिँड्दै गर्दा खसेको हुन सक्ने प्रहरीले जनाएको छ । उनको पहिचान खुलेको छैन । उनको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायब उपरीक्षक प्रतीतसिंह राठौरले बताए । स्थानीयले खबर गरेपछि प्रहरी टोली गई उद्धार गरेको उनले जानकारी दिए ।

प्रकाशित : आश्विन ९, २०७७ ०९:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?