कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९६

तिनाउको बाढीले बुटवलमा एक घर बगायो, १३ घर डुबानमा

मानवीय क्षति नभएपनि बस्ती जोखिममा रहेकाले सर्तकता अपनाउन आग्रह

तिलोत्तमा — तिनाउ नदीमा आएको बाढीले बिहीबार दिउँसो बुटवल उपमहानगरपालिका–१७ रानीगन्जमा रहेकाे एउटा घर बगाएको छ । बाढीले खोला किनारमा रहेको प्रेमकुमारी खाम्चाको ब्लक जडान भएको टिनले छाएको ४ कोठे घर, सोही स्थानका सुन्दर गन्धर्वको घरको शौचालय र बाथरुम बगाएको इलाका प्रहरी कार्यालय बुटवलका डीएसपी प्रतितसिंह राठौरले बताए ।

तिनाउको बाढीले बुटवलमा एक घर बगायो, १३ घर डुबानमा

त्यस्तै, स्थानीय पुरुषोत्तम पुरी, तिलक गैरे र गणेश गैरेको घर जोखिममा रहेकाले घरबाट सामान निकालिसकिएको उनले जनाए । घर बगाएपछि खाम्चा तिलोत्तमास्थित छोराको घरमा गएकी छन् भने जोखिममा रहेकाहरु आफन्तकोमा गएको राठौरले बताए ।

पानीको बहाब बढ्दै गए थप ४/ ५ घर जोखिममा पर्ने भन्दै उनले इलाकाबाट खटिएको टोलीले सामान निकाल्न र मानिसलाई अन्यत्र सार्न सहयोग गरिरहेको बताए ।

यस्तै तिनाउ नदी बाँडिएर बनेको दानव नदीले लुम्बिनी सांस्कृतिक नगरपालिकाका ७ र सम्मरीमाई गाउँपालिकाका ६ घर डुबानमा परेका छन् । बाढीले तिनाउ नदी किनारका २ दर्जन बढी घर जोखिममा परेका छन् ।

कटान सुरु भएका रानीगन्जका ३ घर खाली गराइएको छ । यस्तै दानव नदीमा आएको बाढीले रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका २ भर्तापुरका ७ घर र सम्मरीमाई गाउँपालिकाका ६ घर डुबेका छन् । उनीहरुलाई अन्यत्र स्थानान्तरण गरिएको रुपन्देही प्रहरी कार्यालयका नायब उपरीक्षक खड्गबहादुर खत्रीले बताए ।

बहाबले बुटवल–११ बुद्धनगर, माझगाउँ, मझुवा एवं वडा नम्बर १७ का मगरघाट, रानीगन्जलगायतमा समेत कटान गरेको छ । कटान बढेपछि रानीगन्जका ४ घर खाली गराइएको छ । बुद्धनगर, मझुवा र मैनाबगर जोड्ने सडकको केही भाग र नदी कटान रोक्न मझुवामा बनाइएको तारजाली र ड्याम बगाएको बुटवल–११ का वडाअध्यक्ष रामचन्द्र खनालले बताए ।

प्रकाशित : आश्विन ८, २०७७ १७:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?