कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७६

कपिलवस्तुमा बाढीले गाडी बगाउँदा बेपत्तामध्ये १ को शव फेला

मनोज पौडेल

कपिलवस्तु — वाणगंगा नगरपालिकास्थित भलवार्ड नजिक कोइली खोलाको कजवेमा बुधबार बाढीले गाडी बगाउँदा बेपत्ता भएका एक जनाको शव बिहीबार दिउँसो भेटिएको छ । घटनास्थलदेखि ५ किमि दक्षिण भगलापुर नजिक वाणगंगा खोला किनारमा केशवप्रसाद भाटको शव फेला परेको प्रहरीले जनाएको छ । उनी अर्घाखाँचीको शितगंगा नगरपालिकाका हुन् । उनी नदी तर्न मात्र गाडीमा चढेका थिए । 

कपिलवस्तुमा बाढीले गाडी बगाउँदा बेपत्तामध्ये १ को शव फेला

विद्युत् प्राधिकरण जीतपुर फ्यूज सेवा कार्यालय जीतपुरका प्रमुख वाणगंगा नगरपालिका ४ का कृष्णप्रसाद पौडेलको शव अझै फेला पर्न सकेको छैन ।

प्राधिकरणको जीतपुर फ्यूज कार्यालयको बा१ञ १०८९ नंबरको पजेरो भलवार्डबाट विद्युत मर्मत संभार गरेर फर्कने क्रममा बुधबार ३ बजेतिर बगाएको थियो ।

बुधबार गाडी बगाउँदा ३ जना बेपत्ता भएका थिए । कार्यालयका हेल्पर माधवप्रसाद पाण्डेको शव बुधबार नै फेला परेको थियो । उनी गुल्मी तम्घासका हुन् । गाडीसहित बगेका ३ जना भने सकुशल छन् । गाडीमा ४ कर्मचारी र २ सर्वसाधारण सवार थिए । सर्वसाधारण नदी तर्न मात्रै गाडीमा चढेका थिए । सेना र सशस्त्र प्रहरीका गोताखोरले बिहानदेखि खोजतलास गरिरहेको प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले बताए । दुइटा डुंगामा खोजतलास गरिरहेका छन् ।

प्रकाशित : आश्विन ८, २०७७ १६:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?