गुल्मीमा पहिरोबाट दुई घर परिवार विस्थापित 

वीरेन्द्र केसी

गुल्मी — दुई दिनदेखिको अविरल वर्षाका कारण सत्यवती र छत्रकोट गाउँपालिकामा घर माथिबाट पहिरो खसेपछि दुई घर परिवारका ७ जना विस्थापित भएका छन् । सत्यवती गाउँपालिका–५ नेटा गाउँका तुल्सी थापाको घरको माथिबाट पहिरो खसेपछि घर छाडेका छन् । पहिरोको जोखिम भएकाले थापाको दुई जनाको परिवारलाई छिमेकी एकनाथ ढकालको घरमा राखिएको छ । 

छत्रकोट गाउँपालिका–५ आमपोखरी गाउँका लालकुमारी घर्तीको घर पहिरोको जोखिममा भएपछि ५ जनाको परिवार विस्थापित भएका छन् । घर माथिबाट पहिरो खस्ने जोखिम भएपछि उनीहरुलाई छिमेकी राजेन्द्र ज्ञवालीको घरमा राखिएको गुल्मी प्रहरी नायव उपरीक्षक एवं सूचना अधिकारी केदारनाथ पन्तले बताए ।

तम्घास–रिडी सड्क खण्डको रिडीपानी टयांकी माथिबाट खसेको पहिरोले सड्क पुरेपछि अवरुद्ध भएको छ । रिडी–रुद्रवेणी–बाग्लुङ सडक खण्डको सत्यवतीस्थित भीरपाटमा पहिरो गएकाले सडक अवरुद्ध भएको पन्तले बताए । सुरक्षाकर्मीसहित डोजर, एक्स्काभेटरले माथिबाट सडकमा खसेको पहिरो हटाउने काम भइरहे पनि वर्षा नरोकिएकाले समस्या भएको छ ।

प्रकाशित : आश्विन ८, २०७७ १६:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?