लमहीमा जीप दुर्घटना हुँदा ६ जना घाइते- प्रदेश ५ - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

लमहीमा जीप दुर्घटना हुँदा ६ जना घाइते

दुर्गालाल केसी

दाङ — घोराही–लमही सडकखण्डमा बिहीबार जीप दुर्घटना हुँदा ६ जना घाइते भएका छन् । कपिलवस्तुबाट सल्यानतर्फ जाँदै गरेको बा ११ च ९५१३ नम्बरको जीप लमही नगरपालिका–६ कुलमोड नजिक सडकबाट करिब ५ सय मिटर तल खस्दा जीपमा सवार ६ जना घाइते भएका हुन् ।

दुर्घटनामा सल्यानस्थित रेडियो मध्यपहाड एफ्एमका स्टेशन म्यानेजर बागचौर नगरपालिका–२ सल्यानका विरेन्द्र डिसी, सोही रेडियोमा कार्यरत बागचौरकै तुलाराम परियार, लेकाली अनलाइनमा कार्यरत खगेन्द्र केसी, उनकी बहिनी १५ वर्षीया नोखी केसी, तुलसीपुर उपमहानगरपालिका–५ दाङका प्रकाश वली र चालक सल्यान छत्रेश्वरी गाउँपालिका–३ का सन्तोष बुढाथोकी घाइते भएका छन् ।

घाइतेहरुको लमहीस्थित फ्लोरेन्स अस्पताल र लमही अस्पतालमा उपचार भइरहेको छ । घुम्तीमा नियन्त्रण गुमाउँदा जीप पल्टिएको प्रहरीले बताएको छ ।

प्रकाशित : आश्विन ८, २०७७ १२:५६
प्रतिक्रिया
पठाउनुहोस्

बागलुङमा पहिरोले गोठ पुरिँदा एक जनाको मृत्यु

प्रकाश बराल

बागलुङ — पहिरोले गोठसँगै पुरिएका काठेखोला गाउँपालिका–२ भीमापोखराका एक व्यक्तिको १८ घण्टापछि शव निकालिएको छ । गोठमा भैंसीलाई घाँसपात दिन गएका ६२ वर्षीय टेकबहादुर खाती बुधबार बेलुकीदेखि बेपत्ता थिए । 

तत्काल स्थानीय बासिन्दा र अछेतेस्थित प्रहरी चौकीको टोलीले खोजी गरे पनि उनलाई फेला पार्न सकेका थिएनन् । बिहीबार बिहान जिल्ला प्रहरी, विपद् व्यवस्थापन गण र सेनाको टोलीले पहिरो पन्छाएर खोजी गर्दा उनको शव भेटिएको प्रहरी नायब उपरीक्षक राजेन्द्र रेग्मीले बताए । अछेतेदेखि दपासा जाने सडकमा खसेको पहिरोले गोठ पुरेको थियो । पहिरोले त्यहाँ रहेका दुईवटा भैंसी पनि मरेका छन् ।

प्रकाशित : आश्विन ८, २०७७ १२:५३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×