भालुबाङ–प्यूठान सडक अवरुद्ध

गिरुप्रसाद भण्डारी

प्यूठान — लगातारको वर्षापछि आएको पहिरोका कारण भालुबाङ–प्यूठान सडक अवरुद्ध भएको छ । सरुमारानी गाउँपालिका–६ मोतीपुरमा सडक माथिबाट अएको पहिरोका कारण सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक सुनिल मल्लले जानकारी दिए । मल्लका अनुसार भालुबाङ–प्यूठान सडक खण्डको ठाउँ–ठाउँमा पहिरो गएको छ ।

अन्य स्थानको पहिरो एस्काभेटर लगाएर हटाए पनि मोतीपुरमा ठूल्ठूला ढुंगासहित सडक माथिबाट ठूलो पहिरो आएकाले सडक खुलाउन समस्या भइरहेको छ । सडक खुलाउन सडक डिभिजन कार्यलय जसपुरसँग समन्वय गरेर एस्काभेटर पठाउने तयारी भएको मल्लले बताए ।

प्यूठान रोल्पा दुई जिल्ला प्रवेश गर्ने मुख्य सडक अवरुद्ध हुँदा दर्जनाैं सवारी साधन बिहीबार बिहानैदेखि गन्तव्यमा पुग्न सकेका छैनन् ।

प्रकाशित : आश्विन ८, २०७७ १२:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?