कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८५

कपिलवस्तुमा बाढीले प्राधिकरणको गाडी बगायो, १ को मृत्यु, २ जना बेपत्ता

मनोज पौडेल

कपिलवस्तु — वाणगंगा नगरपालिक स्थित बनगाई–भलवार्ड सडक खण्डअन्तर्गत कजवे पुलमा आएको बाढीले गाडी बगाउँदा १ जनाको मृत्यु भएको छ । २ जना बेपत्ता भएका छन् । 

विद्युत प्राधिकरण जीतपुर फ्यूज सेन्टरको बा १ ञ १०८९ नंबरको पिकअप भलवार्डबाट विद्युत् मर्मतसंभार गरेर फर्कने क्रममा बुधबार दिउँसो ३ बजेतिर बगाएको हो । मृत्यु हुनेमा गुल्मीको तामघासका हेल्पर माधवप्रसाद पाण्डे रहेका छन् । उनले नै पिकअप चलाएका थिए ।

त्यस्तै सुपरभाइजर कृष्ण पोखरेल बेपत्ता रहेको जिल्ला प्रहरी प्रमुख उपरीक्षक नवराज अधिकारीले बताए ।

त्यस्तै अर्घाखाँची शितगंगा नगरपालिकाका केशवप्रसाद भाट बेपत्ता रहेको उनले बताए । पिकअपमा ६ जना रहेका थिए । ४ कर्मचारी र दुई सर्वसाधारण चढेका थिए । तीन जना पौडी खेलेर बाँच्न सफल भएका छन् । सेना, सशस्त्र र नेपाल प्रहरीले बेपत्ताको खोजी गरिरहेका छन् ।

प्रकाशित : आश्विन ७, २०७७ १८:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?