कपिलवस्तुमा २ महिला चरेससहित पक्राउ

कपिलवस्तु — कृष्णनगर बजार क्षेत्रबाट प्रहरीले ३७ केजी अवैध लागूऔषध चरेस बरामद गरेको छ । बुधबार दिउँसो झोला र ह्याण्ड क्यारी गुडाउँदै भारततर्फ गइरहेका दुई महिलाबाट बसपार्क नजिक चरेस बरामद गरिएको हो ।

कपिलवस्तुमा २ महिला चरेससहित पक्राउ

शंका लागि जाँच गर्दा मकवानपुर मनोहरी गाउँपालिका–९ बस्ने ४० वर्षकी शान्ति तामाङ र साविक रोल्पा उवा गाविस ५ घर भई हाल कपिलवस्तुको शिवराज नगरपालिका–९ बानियाभर बस्ने ३५ वर्षकी बसन्ती घर्ती चरेशसहित पक्राउ परेको जिल्ला प्रहरी प्रमुख उपरीक्षक नवराज अधिकारीले बताए । प्रहरीका अनुसार पक्राउ परेकी तामाङसँग भारतीय आधार कार्ड रहेको छ ।

यसैगरी यशोधरा गाउँपालिका ७, मर्यादपुरबाट लागूऔषध २७ ग्राम ब्राउन सुगरसहित दुई भारतीय पक्राउ परेका छन् । भारतको सिद्धार्थनगर जिल्ला सोहरतगढ बस्ने नियाज धुनिया र अजमेरी धुनियाले लुकाइछिपाई नेपालतिर बेच्न ल्याउँदा पक्राउ परेका थिए । दुबैलाई अदालतबाट म्याद थप गरी अनुसन्धान थालिएको छ ।

प्रकाशित : आश्विन ७, २०७७ १७:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?