प्रदेश ५ मा ‘कृषकसँग कृषि विद्यार्थी’ कार्यक्रम सुरु

अमृता अनमोल

बुटवल — विद्यार्थीलाई प्रयोगात्मक अभ्यास गराउन तथा किसानलाई प्राविधिक ज्ञान सिकाउन भन्दै प्रदेश ५ सरकारले ‘कृषकसँग कृषि विद्यार्थी’ कार्यक्रम सुरु गरेको छ ।

प्रदेश ५ मा ‘कृषकसँग कृषि विद्यार्थी’ कार्यक्रम सुरु

कृषि प्राविधिक पढ्दै गरेका विद्यार्थीलाई व्यावसायिक कृषिमा आकर्षित गर्न र कमाउँदै पढ्दै गर्ने वातावरण बनाउन कार्यक्रम सुरु गरेको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री आरती पौडेलले बताइन् ।

यसका लागि चालु आर्थिक वर्षमा एक करोड रकम विनियोजन भएको छ । जुन रकम कृषि प्राविधिक पढाउने विद्यालय तथा क्याम्पसलाई बढीमा १० लाखका दरले उपलब्ध गराइने छ । त्यसबाट शिक्षण संस्थाले जमिन लिजमा लिने र त्यसमा कुनै कृषि फार्म सञ्चालन गर्ने छ । त्यसमा काम गरेको र उत्पादन बेचेबापतको रकम विद्यार्थीलाई दिइने छ । कृषकसँग कृषि विद्यार्थी कार्यक्रममा छनोट हुनेले आफ्नो स्थानीय तहका किसानलाई आवश्यक पर्ने प्राविधिक ज्ञान पनि सिकाउनु पर्ने छ । यसले कृषि पढेका विद्यार्थी जागिरको साटो व्यावसायिक कृषिमा लाग्ने प्रदेशको कृषि निर्देशनालयका निर्देशक यामनारायण देवकोटाले बताए ।

कृषि विद्यार्थी छनोटका लागि मन्त्रालयले कार्यविधि तयार गरेको छ । कार्यविधिअनुसार विद्यालय र विद्यार्थी छनोट प्रक्रिया अगाडि बढाएको निर्देशक देवकोटाले बताए ।

प्रकाशित : आश्विन ७, २०७७ १४:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?