कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

बर्दियाका ३९ वर्षीय कोरोना संक्रमितको मृत्यु

रुपा गहतराज

नेपालगन्ज — नेपालगन्जस्थित भेरी अस्पतालमा बर्दियाका ३९ वर्षीय कोरोना संक्रमित व्यक्तिको मृत्यु भएको छ ।

बर्दियाका ३९ वर्षीय कोरोना संक्रमितको मृत्यु

जिल्ला स्वास्थ्य कार्यालय, बाँकेका अधिकृत एवं कोरोना फोकल पर्सन नरेश श्रेष्ठका अनुसार बारबर्दिया नगरपालिका वडा नम्बर ३ का ३९ वर्षीय पुरुषको भेरी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । ती व्यक्तिको बुधबार बिहान साढे दस बजे मृत्यु भएको हो ।

निमोनियाका बिरामी उनी स्वास्थ्यमा समस्या भएपछि भदौ २९ गते भेरी अस्पतालमा भर्ना गरिएको थियो । कोरोना परीक्षण गर्दा भदौ ३० गते पोजिटिभ रिपोर्ट आएको थियो ।

प्रकाशित : आश्विन ७, २०७७ १४:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?