कांग्रेस गुल्मीको विरोध कार्यक्रम स्थगित

वीरेन्द्र केसी

गुल्मी — आफ्ना कार्यकर्ता कुटपिटमा संलग्नलाई कानुन अनुसार कारबाही गर्न गुल्मी प्रशासन सहमत भएपछि कांग्रेसले धर्ना कार्यक्रम स्थगित गरेको छ ।

कांग्रेस गुल्मीको विरोध कार्यक्रम स्थगित

प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्मा र कांग्रेस नेताबीच भएको छलफलपछि रेसुंगा नगरपालिका–१२ स्थित रानीपोखरी निमाविको नियमअनुसार भवन निर्माण सुचारु गर्ने र कुटपिटमा संलग्नलाई कारबाही गर्ने सहमतिपछि धर्ना तथा विरोध कार्यक्रम मंगलबार दिउँसो स्थगित भएको हो ।

किटानी सहित जाहेरी दिँदापनि प्रहरीले कुटपिटमा संलग्नलाई कारबाही नगरेपछि कांग्रेसले सोमबार जिल्ला प्रशासनमा धर्ना दिएको थियो । धर्नामा प्रहरी र कांग्रेस कार्यकर्ताबीच झडप हुँदा जिल्ला सभापति भुवन श्रेष्ठ, पूर्णबहादुर केसी र प्रहरी घाइते भएका थिए । कांग्रेसले मंगलबार पनि तम्घासमा विरोध र्‍याली निकालेर प्रशासन गेटमा धर्ना दिएको थियो ।

स्कुलको भवन नियम अनुसार निर्माण गर्ने र कांग्रेस कार्यकर्ता कुटपिटमा संलग्न रहेकालाई कारबाही गर्ने सहमतिपछि धर्ना कार्यक्रम स्थगित भएको कांग्रेस जिल्ला सचिव खिलध्वज पन्थीले बताए । 'कुटिएका दुई जना कार्यकर्ताको उपचार खर्च उपलब्ध गराउने र हाम्रा कार्यकर्ता कुटेर घाइते बनाउने ७ जनालाई बुधबार नै नियन्त्रणमा लिएर कारबाही गर्न प्रमुख जिल्ला अधिकारी तयार भएपछि विरोध कार्यक्रम स्थगित गर्‍यौ,' पन्थीले भने ।

प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले नियम अनुसार भवन बन्ने र कुटपिट गर्नेलाई कानुन अनुसार कारवाहीका प्रक्रिया अघि बढाइने बताए ।

यो पनि पढ्नुहोस्ः

गुल्मीमा कांग्रेस कार्यकर्ता र प्रहरीबीच झडप, ६ घाइते

प्रकाशित : आश्विन ६, २०७७ १६:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?