कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

बासगढीमा थप २३ जनालाई कोरोना

कमल पन्थी

बर्दिया — बासगढी नगरपालिकामा मंगलबार थप २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सबैभन्दा बढी संक्रमित वडा नम्बर ३ र ४ मा पाइएका छन् ।

जिल्ला स्वास्थ्य कार्यालयका अनुसार कन्ट्याक्ट ट्रेसिङमा परेकाको पीसीआर जाँच्दा २३ जनामा संक्रमण देखिएको हो । एक महिनाअघि बासगढीस्थित चौधरी ग्रुपको चाउचाउ कारखानाका ४२ कामदारमा कोरोना संक्रमण भएकोमा उनीहरूका आफन्तमा पनि संक्रमण देखिएको जिल्ला स्वास्थ्य कार्यालय प्रमुख गोकर्ण गिरीले बताए ।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा गरिएको परीक्षणमा उनीहरूलाई कोराना पुष्टि भएको हो । यससँगै जिल्लामा संक्रमितको संख्या ५ सय ७९ पुगेको छ । तीमध्ये ४ सय १३ जना निको भई घर फर्किसकेका छन् । हाल १ सय ६५ जना आइसोलेसनमा रहेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । एक जनाको मृत्यु भएको छ ।

प्रकाशित : आश्विन ६, २०७७ १२:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?