कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

ब्राउन सुगरसहित एक पक्राउ

दुर्गालाल केसी

दाङ — जिल्ला प्रहरी कार्यालय दाङले लमहीबाट ब्राउन सुगरसहित एक जनालाई पक्राउ गरेको छ ।

ब्राउन सुगरसहित एक पक्राउ

नेपालगञ्ज-११ का ३५ वर्षीय महिन अन्सारीलाई ३ सय २५ ग्राम ब्राउन सुगरसहित आइतबार राति पक्राउ गरिको जिल्ला प्रहरीका डीएसपी सुमित खड्काले बताए ।

नेपालगञ्जबाट दाङ प्रवेश गर्ने क्रममा अन्सारीलाई प्रहरीले लागूऔषधसहित पक्राउ गरेको थियो । ब्राउन सुगरको मूल्य करिब एक करोड रहेको प्रहरीले जनाएको छ । अन्सारीलाई नियन्त्रणमा थप अनुसन्धान गरिरहेको उनले बताए ।

प्रकाशित : आश्विन ५, २०७७ १८:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?