बेपत्ता अहेव विष्णु नेपाल मृत फेला

सन्जु पौडेल

तिलोत्तमा — गत बिहीबार रातिदेखि बेपत्ता भएका शुद्धोधन गाउँपालिका–४, फर्साटिकर का ४४ वर्षीय सिनियर अहेव बिष्णुप्रसाद नेपाल सोमबार बिहान मृत अवस्थामा फेला परेका छन् । 

बेपत्ता अहेव विष्णु नेपाल मृत फेला

नेपाल मोतिपुर प्राथमिक स्वास्थ्य केन्द्रमा सिनियर अहेवको रुपमा कार्यरत रहेका थिए । तिलोत्तमा नगरपालिका १६ बिहुलीमा स्थानीय कुलोको छेवैमा उनको शव फेला परेको इलाका प्रहरी कार्यालय बुटवलका डीएसपी प्रतीतसिंह राठौरले बताए ।

गत बिहीबार राति बुटवल–६, स्थित एक होटलबाट घर जाने क्रममा सडक नजिकैको नहरमा खसेका उनको मोटरसाइकल सोही नहरमा आधा डुबेको अवस्थामा फेला परेको राठौरले बताए ।

स्थानीयले मृत पुरुषको शव फेला पारेपछि आफूहरुलाई जानकारी दिएको र उक्त शव विष्णु नेपालकै भएको सनाखत भएको डीएसपी राठौरले बताए । नेपालका एक छोरा र श्रीमती रहेकी छिन् । घटनाको बारेमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रकाशित : आश्विन ५, २०७७ ०९:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?